नेपालबाट हुने नियमित उडानमा युएईद्धारा रोक

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २७, २०७८

युएई, बैशाख २७ । युएई सरकारले मे १२ बुधवार राति ११ः५९ बजेदेखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ । यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण एनसीईएमए ले नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका यात्रुहरूको लागि राष्ट्रिय र विदेशी उडानमा रोक लगाएको हो।


गल्फ न्युजका अनुसार कोभिड–१९ प्रभावित देशहरु नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट यात्रीहरूको लागि प्रवेश निषेध गरेको हो । युएई सरकारद्धारा सोमबार जारी गरेको घोषणा अनुसार युएईका नागरिकहरु, कुटनैतिक नियोगका आधिकारिक प्रतिनिधीमण्डलहरु, गोल्डेन भीषा वाहक नागरिकहरु र कार्गो उडानहरुमा प्रतिवन्ध लागु हुने छैन । युएई सरकारद्धारा जारी घोषणा सम्बन्धित देशमा ट्रान्जिट भएर आउने उडानहरुको हकमा समेत लागु हुनेछ ।