
काठमाडौं बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।