माधव पक्षका २० सांसदको हस्ताक्षर, राजिनामा दिने तयारी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २६, २०७८

काठमाडौं बैशाख २६ । नेकपा एमाले माधव नेपाल पक्षका २० जना सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने सहमतिका साथ राजिनामा पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल पक्षका सांसदले शनिवार साँझ २० जनाले सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका हुन् ।

एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको बताईएको छ ।