
धादिङ बैशाख २५ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) लिग चरणको अन्तिम राउन्ड अन्तरगत आज दुई खेल हुँदैछ ।
विना दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेल विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो २:३० बजे र धनगढी र बुटवलबीच साँझ ५:३० बजे हुनेछ ।
आजको दुई खेलले शीर्ष चारमा पर्ने सबै टोलीको टुंगो लाग्नेछ । धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसी शीर्ष चारको दौडमा रहेको छ । यि चार टोलीमध्येबाट दुई टोलीले शीर्षचारमा स्थान बनाउनेछ । एफसी चितवन एक खेल बाँकी छदै शीर्ष चारको दौडबाट बाहिरिएको छ ।