काँग्रेस संसदीय दलको बैठक आज

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २५, २०७८

धादिङ बैशाख २५ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाएका छन्। आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।