नीलकण्ठ नगरपालिकामा ५९ जना सहित धादिङमा आज १०२ जना संक्रमित थपिए

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २४, २०७८

धादिङ बैशाख २४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकामा ५९ जना सहित ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको जानकारी अनुसार निलकण्ठ नगरपालिकामा ५९ जना, धुनिबेसीमा १जना, गल्छीमा १ जना, गजुरीमा ५जना, बेनिघाट रोराङ्गमा २ जना, थाक्रेमा १र जिल्ला बाहिरको पोजिटिभ केश ३३ जना गरी धादिङमा १०२ जनामा कोरोना संक्रमित भएका हुन् ।

जिल्ला भित्र अहिले सम्म सक्रिय केश ४२६ र जिल्ला बाहिर १८७ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय केश ६१३ पुगेको छ ।

आज जिल्ला अस्पतालमा ९६, गल्छी गाउपालिकामा ९७, गजुरी गाउपालिकामा ७ र नेत्रावती गाउपालिकामा ५७ गरेर जिल्लाभर २५७ स्वाब संकलन भएको छ ।