घरमै स्वाब सङ्कलन गर्नुपरे पाँच सय लाग्ने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २२, २०७८

काठमाडौं बैशाख २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टोली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका हुन् ।