
काठमाडौं बैशाख २२ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिए छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।