
धादिङ बैशाख २१ । धादिङबेसी सदरमुकामका रहेको जिल्ला अस्पताल धादिङमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या २७ पुगेको छ ।
कोरोना भाईरस पोजेटिभ पुष्टि भए सँगै १४ जना स्वास्थ्यकर्मीहरु ४ दिन देखि आईसोलेसनमा छन् । उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा सोमबार जिल्ला अस्पतालमा रहेका अन्य स्वास्थ्यकर्मी र लक्ष्यण देखिएका विरामीहरु गरि १०१ जनाको स्वाब परिक्षण गरिएको थियो ।
जसमा अस्पतालका सूचना अधिकारी विक्रम विक सहित १३ जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै जिल्ला अस्पतालमा मात्रै कोरोना पोजेटिभ देखिने स्वास्थ्यकर्मीको संख्या २७ पुगेको हो ।
सोमबार गरिएको उक्त १०१ जनाको स्वाब परिक्षणमा १३ जना स्वास्थ्यकर्मी र ३४ जना अन्य गरि ४७ जनाको पोजेटिभ आएको थियो ।