स्वतन्त्रता मुटु अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभरी मनाई रहँदा हामी कहाँ संचार जगत कस्तो रह्यो अनि स्वतन्त्रताको अनुभुतिमा के कस्ता सबल र खराव परिस्थिति देखिए भन्ने प्रश्न नउब्जने होईन तर महसुसको कमी भनौ वा अधिक स्वतन्त्रताका कारण कता कता सन्तुष्टि भित्र असन्तोषको राग पनि ट्ड्कारो देखिरहेको छ ।
यो दुई वर्ष कोरोना संक्रमणका कारण विश्व जगत त्रासको भयबाट गुजृरहेको छ । हमेसा खट्नु पर्ने भएकोले संचार जगत अझ धेरै संबेदनशिल पक्कै छ र पनि अनवरत जनतालाई सुसूचित गराउनु एक सच्चा पत्रकार र संचार गृहको परम दायित्त्व हुन आउछ । जुन कुरा जस्तो सुकै परिस्थितिमा पनि अनवरत सुचनाको प्रवाहले प्रष्ट परिसकेको छ । यसो त संक्रमणकै बीच विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ ।
हरेक वर्ष नेपाल पत्रकार महासंघको अगुवाईमा काठमाडौं लगायत देशका अन्य शहरमा आजको दिन प्रभातफेरि सहित विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्थ्यो । जसमा पत्रकारिता र प्रेस स्वतन्त्रताका विभिध सवालमा कुनै न कुनै किसिमको छलफल हुने गर्थ्यो । तर अहिले त्यो अवस्था छैन ।
संक्रमणको डर र भौतिक दूरी कायम राख्नुपर्ने अनि निशेधको अवस्था रहेकोले ईन्टरनेटको पारदर्शिता र मिडिया होमहरुको साक्षरताको उपज भर्चुअल विधि अपनाईदै छ ।
सञ्चारका माध्यमहरूको भुमिका, उत्तरदायीत्त्व, नीति स्वतन्त्रताका मुद्दा, यसका मापदण्ड र पत्रकारिता क्षत्रको महत्वको पैरवी संगै जोखिम र योगदानकै क्रममा ज्यान गुमायकाहरुको सम्झना र सम्मान सहित यो दिवस मनाउने गरिन्छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरे संगै प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
यस अवसरमा प्रेस स्वतन्त्रता पत्रकार, मिडियाकर्मी तथा मिडिया संचालकको स्वतन्त्रता मात्र भनेर नबुझौँ । पत्रकारिता त सर्वसाधारण जनताको अधिकार हो । जसलाई पत्रकारहरुले पेशेवरको रुपमा प्रयोगमा उतार्न सघाउ पुर्याईरहेका हुन्छन् भन्ने बुझ्नु जरुरी हुन्छ । जस्तो सुकै विषम परिस्थितिमा मिडियाको भुमिका अत्यन्त महत्वपुर्ण र सिधा प्रभाव पार्न सक्ने हुनुपर्छ । जसबाट समुचित र सत्यताको वकालत होस अनि सकारात्मक सन्देशको एक सम्वाहक बनोस । समाज रुपान्तरण होस वा कुनै विकासको गतिविधि अनि राज्य संचालनको बागडोर भित्रको गतिविधि जन समुदाय सम्म पहुँच दिलाउने एकमात्र संयन्त्र मिडिया नै हो ।
अहिलेको संक्रमणको अवस्थामा त झन जन समुदायलाई सहि सुचना प्रवाह मार्फत सचेत गराउन र सुरक्षात्मक रणनीतिको बारे प्रष्ट पार्न एक मख्य पात्रको रुपमा काम गर्नैपर्छ । भलै आजको समयमा राजनितिक प्रभाव प्रेरित अनि नाफामुखी प्रायोजनले गर्दा बद्नामिको शिकार बनिरहेको छ । यसलाई मिडियकर्मी अनि मिडिया संचालकले बेलैमा मनन गर्नु जरुरी छ । प्रेस स्वतन्त्रताको नाममा हुने गरेका कतिपय अव्यवहारिक अभ्यास बेलैमा रोकियोस अनि सम्बन्धित निकायले प्रेस आचारसंहिता बाहिर गएर हुने गरेका गतिविधि प्रति कडा नियमनको व्यवस्था गर्नु जरुरी छ ।
पुर्ण आचारसंहिताको पलना सहित अभ्यस्त संचार संस्थालाई राज्यको तर्फबाट कुनै पनि वहानामा अन्कुश लगाउनु हुँदैन भने अनि Corporate Inerest बाट ग्रसित सन्चार संस्था प्रति नियामक निकायले आफ्नो पुर्ण अधिकार सहित नियमन गरेर नाफामुखी तन्त्रबाट मुक्त दिलाउन कुनै कसुर बाँकी राख्नु पनि हुन्न ।
सबै भन्दा महत्वपूर्ण मिडियाहरु प्रत्यक ठुला कर्पोरेट हाउसहरु अनि राजनितिको आफ्नै मुख पत्र बन्दै गएको अहिलेको अभ्यासलाई तत्काल बन्द गराईनु पर्छ । मिडिया हाउस स्वयमले पनि आफ्नो संस्था भित्रको प्रत्यक गतिविधिलाई Self-regulation मार्फत सेवा प्रवाह गर्ने अभ्यास गर्नु नितान्त आवश्यक छ । अनि मात्र प्रेस माथिको जन विस्वासले मुर्त रुप लिन सक्नेछ ।
मिडिया राज्यको चौथो अंग भनाईमा मात्र होईन कार्य सम्पादनमा पनि देखिनु पर्दछ । जसको लागि सन्चार माध्याम र राज्य तह पुर्णत ऐक्यबद्ध हुनुपर्छ ।
हामी कहाँ लामो कसरत र बलिदानीको वावजुद लोकतन्त्र र गणतन्त्रको सुत्रपात भएको छ । जुन सुनौलो अभ्यास पनि हो । यस्तो समयमा सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमामै गम्भीर धक्का पुग्न सक्छ । हुनत अधिक स्वतन्त्रताको उपज हुने गरेका संचार नीति बिपरितका कामले गर्दा विश्वका कतिपय देशहरूमा प्रेसमाथि सेन्सरसीप नियमित गरिएको छ । यति मात्र नभै सञ्चारकर्मीहरू माथि बन्देज, बन्दी बनाउने अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । आखिर यो सबै अवस्था कसरी आयो भन्ने कुरा हामी स्वयंले महसुस गर्नुपर्छ । आजको दिनले सामान्य जनताहरूलाई प्रेस स्वतन्त्रता र यसको महत्व बुझाउने सर्वव्यापी चेष्टा गर्ने मात्र होईन सञ्चारकर्मीहरूलाई प्रेस तठस्थ रहनुपर्ने पाठ र महत्वको झझल्को दिने कार्य पनि गर्नु पर्दछ ।
पछिल्लो दशकमा व्यवस्था परिवर्तन हुँदै लोकतन्त्रको अनुभूति सम्म आईपुग्दा नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह गज्जबले बढेको छ । संचार क्षत्रहरु निर्वाध रुपमा सूचना सम्प्रेषणमा लागि परिरहेका छन् । कुनै समय रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना मार्फत समात्ने नेपाली तरङ्ग आकाशमा आज सैयौको संख्यामा संचारका तरंगहरु फैलिरहेका छन् । टेलिभिजन, पत्रपत्रिका साथै अनलाइन माध्यामहरु एक पछि अर्को स्थापना हुँदै गैइरहेका छन् । यो एउटा स्वणिम अभ्यास हो संचार जगतको लागी । तथापि हरेक सुरुवात संगै चुनौतिहरू पनि नदेखिएका होईनन । लोकतान्त्रिक अभ्यासमा प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरूमा हामी कतिको सफल भयौं ? संचार माध्यामहरु संचारको मुल मर्म अनुरुप लागे लागेनन भन्ने विचारयोग्य प्रश्न पनि उब्जिरहेकै छ । स्वतन्त्रता संगै निश्पक्षता पनि संचारको मुल धर्म हो जुन हामीले निर्वाह गरेका छौँ कि छैनौ भन्ने गम्भीर आत्म समिक्षा आजको आवश्यकता देखिएको छ । स्वतन्त्रतासँगै कर्तव्यनिष्ठ प्रेसको अपेक्षा हरेक राष्ट्रको लागि मननयोग्य हुन्छ । संचार माध्यामको सानो पनि लापरवाहीले पाठक, स्रोता, दर्शकलाई गलत जानकारी दिएर भ्रमित पार्न सक्छ । यसतर्फ सचेत रहँदै सही, निश्पक्ष र सकारात्मक पत्रकारिता तथा सूचनाको आवश्यकता आजको माग बनेको छ ।
हामी लोकतान्त्रिक अभ्यासको स्वर्णिम खण्डमा छौँ । प्रादेशिक होस् वा स्थानीय स्तरमा प्रत्यक नेपालीलाई धागोको सुत्रमा सूत्रबद्ध गर्न प्रेसको अहम भुमिका हुन्छ । विकास गतिविधि होस् वा कुनै समस्याको पर्दाफास, सम्बन्धित निकायको ध्यानाकर्षण होस् वा खबरदरी स्वतन्त्र प्रेसको धर्म हो । यसमा प्रेस चुक्यो भने जनविश्वासले सार्थकता नपाउन सक्छ । कुनै मुलुक कति स्वतन्त्र छ भन्ने कुरा त्यस देशको प्रेस स्वतन्त्रताबाटै मापन गर्न सकिन्छ । जुन देशमा प्रेस स्वतन्त्रताको प्रत्याभूत हुँदैन, त्यस देशका नागरिक अन्य सुविधामा र स्वतन्त्रतामा पनि कुण्ठित हुन्छ भन्ने सिद्धान्त रहँदै आएको छ । त्यसैले समाजको खुलापन र लोकतान्त्रिक पद्धति स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य तत्व मानिन्छ ।
यति भन्दै गर्दा स्वतन्त्रताको आडमा छाडापन कदापि हुनुहुदैन । हरेक सुक्ष्म गतिविधिलाई मनन गर्दै प्रेसले आफ्नो मर्यादा र सीमालाई कहिलै भुल्नु हुदैन ।
२०४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्वन्द्व अनि २०६२(०६३ को जनआन्दोलनमा नेपाली प्रेसले आफ्नो अहम भुमिका निर्वाह गर्यो । पल पलको सुचना जनस्तरमा प्रवाह गर्न कुनै कसुर बाँकी राखेनन् पत्रकार र संचार गृहहरुले । यसरी जोखिम मोल्दै कर्तव्यमा खटिरहँदा धेरै पत्रकारहरुले आफ्नो ज्यानै समेत गुमाउनु परेको छ । आजको दिनले यी सबै कुरालाई आत्मसात गर्दै आगामी बाटोको मापन तय गर्न सक्नु पर्छ ।
हाम्रो संविधानमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको पुर्ण रुपमा ग्यारेन्टी गरिएको छ । संवैधानिक हिसाबले प्रेस स्वतन्त्रता दरिलोसँग स्थापना गरिएको छ । संगै राज्य स्तरबाट नियन्त्रणमुखी अभ्यास पनि नभएको होईन । हुनत हाम्रै संचार अभ्यासलाई हेर्ने हो भने हामी पुर्ण रुपमा प्रेसको नीति र आचारसंहितामा कटिबद्ध भएको देखिदैन । व्यावसायिक झुकाब होस वा राजनितिक झुकाब कुनै न कुनै हिसाबले हामी अछुतो रहन सकेका छैनौ । कहिलेकाही पुर्वाग्रहि सूचना प्रवाहले गर्दा जनमानसमा भ्रम पनि सिर्जना गरेको छ । राजनितिक गुटबन्दी संगै संचार संस्थाहरु गुटमा रुमल्लिदा जनताको सार्वभौम सूचनाको अधिकार कतै कुन्ठित त भैरहेको छैन ? कतै हामी स्वतन्त्रताको नाममा अधिक अघि त बढेका छैनौं ? कतै हाम्रो यस्तै अभ्यासले राज्यबाट नियन्त्रण मुखी अभ्यास गरिएको त होईन ? यस तर्फ सबैले आत्मसमिक्षा गर्नु पर्ने देखिन्छ ।
अब पछिल्लो सन्दर्भलाई मनन गरौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच हालसम्म आफ्नो पेशागत सुरक्षाको सन्दर्भबाट ५ सय १७ जना पत्रकारहरु पिडित बन्न पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल पत्रकार महासंघको तथ्यांक हेर्ने हो भने पनि यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यस्तो संक्रमणको परिस्थितिमा महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवा सुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन कडाईका साथ आग्रह गर्नुपर्ने देखिन्छ । कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि बढिरहेको छ ।
तथ्यांक मनन गर्दा यो वर्ष प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू ४५ वटा भएका छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेख अनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् ।
त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् । यस्तो अबस्थाले संविधानमा प्रदत्त स्वतन्त्र प्रेसको प्रत्याभुतिलाई चुनौती दिएको अनुभूति हुन्छ । आज प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा यी यावत कुराहरुलाई आगामी दिनमा हटाउने तर्फ जगरुक हुनु जरुरी छ ।
आज हुने हरेक गतिविधिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने प्रयास गरियोस् । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र होइन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचार्इमा पुर्याउन पत्रकार महासङ्घ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू
एक ठाउँमा उभिन जरुरी छ ।
अन्तमा प्रेस स्वतन्त्र दिवस संगै अधिक प्रेसको स्वतन्त्रता नाममा हुने गरेका राजनीतिक, व्यक्तिगत विवेचना सहित कुनै एकपक्षीय मुख पत्र बन्ने परम्परालाई तोड्ने प्रण गरौं । सुखी र समृद्द नेपाल निर्माणमा अथक प्रयास गरौं । प्रेस आचारसंहितामाबाट कहिल्यै पछि नहटौ । जहाँ प्रेस स्वतन्त्र र निष्पक्ष पत्रकारिता त्यहाँ हरपक्ष सवल र पारदर्शी हुने हो । त्यसैले वैचारिक बहस सहित सैद्धान्तिक पक्षलाई उदार भावले प्रस्तुत हुने जमर्को गरौ । राज्यको चौथो अंगको जिम्मेवारी पुर्ण त बहन गर्ने जमर्को गरौं । भविष्यमा पनि प्रेसलाई राजनीति अनि अन्य व्यवसायको अखडा बनाउने सुनियोजित कार्य बिल्कुल बन्द गरौं । नेपालीहरूको चाहना यही हो । समाचार र सूचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता हाम्रो दायित्व पनि हो, भन्ने कुराको मर्मलाई आत्मसाथ गरौं ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण पत्रकार, संचार गृह, पाठक, लेखक, दर्शक, प्रस्तुतकर्ता, श्रोता सबैलाई शुभकामना ।