कमरेड, झुपडीतिरै फर्कने कि

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १९, २०७८
मिलन सिलवाल

जनयुद्धको बेला दैनिक १२ घण्टा कम्तिमा नहिडेको दिन थिएन होला । कहिले २४ सै घण्टा हिड्यौं । हिड्दा हिड्दा थाकेका हुन्थ्यौं ।

खाना खाएर थकित शरीर पुष माघको ठण्डी एउटा ओड्ने पछ्यौरा ओढेर स्लिपिङ्ब्याग भित्र छिरेर के न्यानो महशुस गर्दै मस्त भाते निद्रामा हुँदा कमरेड तपाईको सेन्ट्री पालो ओयो उठ्नुस भनेर साथीले बोलाउथे । कहाँ आरा गर्ने र थकान मेट्न पाउथ्यौं र ।

कुनै बेला हिड्दा बाटोमै दुश्मन संग जम्काभेट भएर आकस्मिक भिडन्त हुन्थ्यो । कहिले हामी नै योजना बनाएर उसका क्याम्पमाथी धावा बोल्न जान्थ्यौं । कत्ती घाईते, कति साथी सहिद भए उसका फाईटर बिमानहरु आकाशमा उडिरहेका हुन्थे, नाईट भिजन हेलीकप्टर MI17 जस्ता विमानबाट बमबाड मच्चाउन थाल्थे ।

अन्धाधुन्ध माथीबाट र पनि हामी कुनै प्रवाह नगरी मरे सहिद बाचे शरिरमा एकथोपा रगत र एकमुठ्ठी शाहस छउन जेल अन्तिम सम्म लडिरहने प्रण गरेर मुक्ति या मृत्युको कसम खाएर जनयुद्ध मा होमियौं ।

कालगतिले बाचेर आयौं जस्तो लाग्छ । यहि यात्राको क्रममा आज हजारौं सहिद, बेपत्ता, घाईते अपाङग छन् । तिनमा आश्रित परिवार उल्टै पार्टी प्रति धारेहात लगाएर बसेको छ । जनयुद्ध गरेका नेता कमान्डरहरु आज विभाजन भएर विकेन्द्रीत छ ।

नराम्रो जति प्रचण्डले राम्रो जति हामीले भनेर दोषारोपण गर्दै हिडेका छन् । हिजो हामीले भनेका थियौं । दिर्घकालिन जनयुद्धको बाटो हुँदै गाउँ गाउँबाट शहर घेर्ने, नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने ।

व्यक्तिगत सम्पत्तिको लोभ नगर्ने र निजी सम्पत्ति पार्टीकरण गर्दै निस्वार्थ भावले जनताको सेवक बनेर काम गर्ने । वर्ग विभाजित भएसम्म वर्ग रहन्छ र वर्गिय मुक्ती आन्दोलनको नेतृत्व गर्ने । वर्गविहिन समाज निर्माण गरेर विश्राम लिने (साम्यबाद) ।

दुखका साथ भन्नुपर्छ हामी अधैर्य भयौं नयाँ जनवादी व्यवस्था नै ल्याउन नपाई बीचबाटो मै रुमल्लिन पुग्यौं । ती शहिदका सपना अधुरै छन् पूरा गर्ने सङ्कल्प गर्दैनौं । घाइते अपांग योद्धाको घाउमा मलाम लाउने कुरा गर्दैनौं ।

सेल्टर लिएर बसेका गाँसकाटेर खुवाउने जनताका दुख बुझ्दैनौं । संगै हिडेका स-योद्धा सह-यात्री छुटेको पत्तै पाएनौं । कहाँ पुग्ने गन्तव्यनै नभेट्ने अथाह कस्तो यात्री बन्यौं । अब हामी कुन वर्ग र सत्ताको नेतृत्व गर्छौं ? कि सहिदलाई लत्याउ कि शहिदलाई पछ्याउ ।

पहिला पुरानै सहयोद्धा प्रति वहश छलफल, आलोचना, आत्मालोचना सहित बिराएको बाटो पहिल्याउने कि कमरेड, सुखसयल ऐसआराम छाडेर फेरि झुपडीतिरै फर्कने कि बरु । त्यही आनन्दको सास फेरिन्थ्यो । (लेखकः माओवादी केन्द्र धादिङका नेता हुन् ।)