
धादिङ बैशाख १५ । सरकारले कोभिड १९ को रोकथामको लागि अर्को सूचना जारी नहुँदा सम्म देशभर विद्यालय बन्द गर्न र परिक्षा समेत गर्न निर्देशन गरे पनि धादिङमा सरकारको निर्णय विपरित कार्य गर्दा समेत जिल्ला प्रशासन मौन देखिएको छ ।
नीलकण्ठ नगरपालिकाले आज देखि परिक्षा सुरु गरेको छ भने सिद्धलेक गाउँपालिकाले बैशाख १७ देखि कक्षा ८ को परिक्षा लिने सूचना जारी गरेको छ ।
