नागरिक न परे कसरी निदाउनु ?

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १५, २०७८

निर्मल नारायण
कोरोना महामारीको कारण विश्व बजारमा अक्सिजनको कमिले भटाभट ज्यान गुमाउनेको संख्या बढी रहेको समयमा अक्सिजन बढी उत्पादन गरेर इनाम पाएको देश नेपाल पुरै जलेर नस्ट भैरहदा आगो निभाउने न त प्रविधि छ, न इच्चा शक्ति । बिचरा वन्यजन्तु ? रातभरी श्याल रुन्छ पारी जङ्गलमा, वारि कुकुर फुर्तीले भुक्छ ।

यसै बिच मध्यरातमा भुकम्पले अत्याउछ । गाउँ शहरको काकाकुल अवस्था बिर्सेर पानी धमिल्याउने एक शक्ति सकृय त छदैछ । २र४ डम्फर माटो त्रीशुली किनारमा थुपारेर टहरो थापेर बसि गाँजा र रक्सी बेच्न बाध्य जनताको बिजोक हेर्न त अझै बर्खा कुर्नै पर्छ, न झोला बोकेर जानेको भविश्य छ न फर्केर आउनेको जिन्दगी ।

राष्ट्रको गौरव धरहरा ठडिइसकेको छ, टिकट कहिले खुल्छ हौ ? दिल्ली जाने रेलको झै । मंगल ग्रहमा नेपाली यान पुग्न लागेन र भन्या ? यसपाली खाडिबाट चामल आउला त हाम्रै पानी जहाजमा ? बनाउदा बनाउदै भत्केका कयौ संरचना, टाल्दा टाल्दै प्वाल परेका सडक, निर्माण सकेको वर्षौ हुँदा पनि भुक्तानी नपाएर बिरक्तिएको ठेकेदार, ऋणमा चुर्लुम्म डुबेको व्यापारी, अनुशासन सिक्दै नसिकेको विद्यार्थी, विदेशमा गुलामी गर्न मात्र सिकाइने शिक्षा नीति, बालबच्चालाई घर परिवार समाजबाट लखेटेर मख्ख पर्ने अभिभावक ।

दलदलमा देश धकल्दै काँध थापे झै नाटक देखाउनेको नेता । जनतालाई चोर, फटाहा, ठग डाका तस्कर बेइमान भएर जीवन जिउन राज्यले प्रोत्साहन गर्न नहुने हो नि । जनताको नेतृत्व गर्ने नै त्यस्तो भए पछि कस्को के लाग्छ ? आफ्नो जात मान्छे सृष्टिकै सबै भन्दा तुच्छ जात लाग्छ, कसैलाई उत्कृष्ट प्राणी पनि लाग्यो होला ।

गुन देख्ने चेतना भए पो मान्छेमा । इमानदार पनि हुन्छन होला कोहि मान्छे । प्रकृति र सबै प्राणीको संगत गर्नेहरु अलि सचेत हुन्छन कि नत्र सबै मेशिन झै लाइन जोडे चल्छ नत्र निर्जीव झै लाग्छ, सबैको झलझली भविश्य देख्छु । चटक्कै छाडेर जानू पर्ने अकुत सम्पत्ति जोड्नकै लागि पर्यावरण धमिल्याएर राजनीतिमा हावी हुन कस्तो तन्त्रको राज्य व्यवस्था बलियो पार्ने नीति अवलम्बन गरिदै छ, भन्ने कुरा आउने समयले निर्धारण गर्नेछ ।

कर्मको मर्म भुलेर शिक्षिक, कर्मचारी, किसान, मजदुर अनि पत्रकार पनि राजनीति नै गर्छन्, यहाँ । सबै पेशा ब्याबसायको सुरक्षा, हकहितका लागि आफै राजनीति गर्नु पर्ने अवस्था आउनु भनेको खराब राजनीतिक सिद्धान्त हावी हुनु हो र सबै जनतालाई समान देख्ने चेतना नहुनु राजनीतिक दरिद्रता हो । जसको परिणामले भाडभैलो व्यवस्थाको सिर्जना भएको छ ।

निष्पक्ष भएर जनतालाई सेवा शिक्षा सुचना दिनुपर्ने वर्ग कर्मचारी शिक्षक पत्रकारको बहुमत पेशाको खोल ओढेर राजनीति नगरी मुखमा माड नलाग्ने भए पछी देशको राजनीति अहिले झै गनाउदै गएको हो भनेर सबैले बुझ्नुपर्छ ।

बेइमानीमा राजनीति घुसाएर शुद्ध राजनीतिलाई प्रदुषित नपार्न र गरिब जनता बिजोग पारेर राष्ट्रिय ढुकुटीको दुरुपयोग नगर्न सम्बन्धित सबै समाजसेवीहरुलाई बिन्ती बिसाउनु छ र यो धर्तीको आयु अलि लम्ब्याउनु छ । एउटा नागरिक न परे बेतिथि, अन्याय, अत्याचार र कुशासन चलेको यो मुलुकमा कसरी निदाउनु ?