
धादिङ बैशाख १३ । धादिङ गल्छी गाउँपालिका का सन्तोष खतिवडा सहित ११ जनालाई (IPL) Indian Premier League तथा Premier League Football, LALIGA, Serie A League, UEFA Champions League लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध माहाशाखाले जनाए अनुसार उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाज गर्नको लागी User Id र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जीत भएका ब्यक्तिहरुलाई रकम लिने पुर्याई दिने जस्ता कार्य गर्ने गरेको पाईएको छ ।
पक्राउ पर्ने व्यक्तिहरु
१. जिल्ला कैलालि धनगढी न.पा.वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा.१६ बनस्थली बस्ने बर्ष ३१ को अशोक सिंह ।
२. भारत बिहार सितामढी जिल्ला बर्गिनिया थाना घर भई हाल का.जि.का.म.न.पा.ठमेल बस्ने बर्ष २९ को बिक्रम कुमार जैसवाल ।
३. भारत बिहार सितामढी जिल्ला बर्गिनिया थाना घर भई हाल जि.ल.पु ,ल.पु.म.न.पा जावलाखेल बस्ने बर्ष ३१ को अंकित कुमार कलवार ।
४. जिल्ला रौतहट गौर न.पा. वडा नं.१ घर भई हाल का.जि.ठमेल बस्ने बर्ष २८ को राहुल कुमार जैसवाल ।
५. जिल्ला मोरङ्ग बिराटनगर म.न.पा.वडा नं. ३ घर भई हाल का.जि.कालिमाटी बस्ने बर्ष ३० को संदिप कुमार मंडल ।
६. जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा.वडा नं.८ घर भई का.जि.ठमेल बस्ने बर्ष ३६ को राजु थापा ।
७. जिल्ला धादिङ् गल्छी गा.पा.वडा नं.२ घर भई हाल का.जि.ठमेल बस्ने बर्ष ३१ को सन्तोष खतिवडा ।
८. भारत हिमान्चल प्रदेश,सोलन थाना घर भई हाल का.जि.का.म.न.पा.२३ बस्ने बर्ष ४६ को सुशिल जेस्टा ।
९. भारत राजस्थान प्रदेश चुरी जिल्ला,सुजनगढ थाना घर भई हाल का.जि.क.म.न.पा.२ लाजिम्पाट बस्ने बर्ष ३१ को पवन कुमार शर्मा ।
१०. भारत राजस्थान प्रदेश झुन झुन जिल्ला केवडी घर भई हाल का.जि.का.म.न.पा.२ लाजिम्पाट बस्ने बर्ष ३० को सुचित अग्रवाल ।
११. भारत बिहार मोतीहारी जिल्ला,मोतीहारी थाना घर भई हाल का.जि.का.म.न.पा.१ जमल बस्ने बर्ष ४० को मुकेश जैसवाल ।