एलपी ग्यास अभाव हुन सक्ने खाली सिलिण्डर भर्न आग्रह

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७८

काठमाडौं बैशाख ११ । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई ग्यास आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न आग्रह गरेको छ ।
सङ्घले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण ग्यास आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने हँदा खाली रहेका सिलिण्डर भर्न आग्रह गरेको हो ।

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।