धादिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Avatar photo
दिपेश कडेल
बिहिबार, बैशाख ९, २०७८

धादिङ बैशाख ९ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना र बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा आज देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।

धादिङका १३ वटा स्थानीय तह मध्य जम्म ५ वटा मात्रै पालिकाले प्रतियोगितामा सहभागिता जनाएका छन् । थाक्रे र त्रिपुरासुन्दरी गाउँपालिकाले भव्य रुपमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर जिल्लाको लागि खेलाडी छनौट गरेपनि यस प्रतियोगितामा सहभागि जनाएनन् भने अन्यले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित समेत नगरेकोले यस प्रतियोगितामा सहभागिता जनाउन पाएनन् ।

सभापतित्व, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको सभापतित्व, बेनीघाट राेराङ गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि), जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङकाे विशेष आतिथ्यतामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता अाज उद्घाटन गरिएको हाे ।

प्रतियोगितामा धुनीबेसी नगरपालिका, गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, खनियाबास गाउँपालिका र रुबीभ्याली गाउँपालिका सहभागि छन् ।