
धादिङ बैशाख । केही दिन अघि घाँस काट्न रुख चड्दा करेन्ट लागेर गम्भीर घाईते सितल कडेलकाे अप्रेशन त भयाे अब थप उपचारका लागि अार्थिक कठिनाई भएकाे भएकाे छ । बेनीघाट राेराङ गाउँपालिका स्थित चन्द्रोदय वहुमुखी क्याम्पसमा वि एड दोश्रो वर्षमा अध्ययनरत साेही गाउँपालिका वेरो ७ झगरे निवासी उनकाे परिवार अत्यन्त कमजोर आर्थिक अवस्था भएको परिवार हो । बुबा हुनुहुन्न र उनि अपाङ्गता भएको व्याक्ति पनि हुन् । आमाले जेनतेन गुजरा चलाउँदै आएकी छिन् । यहि चैत्र २९ गते घाँस काट्न जाँदा रुखमा छोएको नाङ्गो तारवाट वहेको करेन्ट लागेर उनि सख्त घाइते हुन पुगेकी हुन् । उनको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । उपचारमा हालसम्म ३ लाख भन्दा वढी खर्च भइसकेको छ । अझ ५ लाख भन्दा वढि खर्च लाग्ने हस्पटलले जनाएको छ । स्थानीय वासीहरु र क्याम्पसका विद्यार्थीहरुको सहयोगमा केही रकम संकलन गरी उपचारमा खर्च गरिएको भएता पनि थप सहयाेगकाे लागि उनकाे आमाले याचना गरेकी छिन् ।