
धादिङ चैत्र ३० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा चैत्र २२ गते देखि सुरु भएको वाका कप प्रतियोगिताको फाईनमा डबजोङ क्षेत्र संरक्षण युवा क्लब (टिम A) र चौतारा युवा समाज (टिम B) पुगेका छन् ।
आज भएको पहिलो सेमिफाईनलमा डबजोङ क्षेत्र संरक्षण युवा क्लब (टिम A) ले ब्रादी युवा क्लबलाई र पहिलो सेमिफाईनलमा चौतारा युवा समाज (टिम B) ले फलाटे युवा क्लबलाई हराउँदै फाईनल प्रवेस गरेका हुन् ।
फाईनल पुग्न डबजोङ क्षेत्र संरक्षण युवा क्लब (टिम A) ले शुन्य गोलको विरुद्ध 2 गोल र चौतारा युवा समाज (टिम B) ले २ गोलका विरुद्ध ३ गोल गरेका थिए ।
फाईनल खेल नयाँ वर्षको दिन (बैशाख १ गते) हुने छ र उक्त दिन हुने प्रतियोगिता समापन समारोहमा माओवादी केन्द्रको नेतृ पम्फा भुसाल समेत आउने कार्यक्रम रहेको आयोजक संस्थाका दिपक तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
प्रतियोगिताको प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार ५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
दिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन २०६३ सालदेखि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको यस प्रतियोगिता ११ औं वाका कप हो । फाईल तस्वीर