
धादिङ चैत्र २२ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा ११ औं वाका कप पुरुष खुल्ला अन्तर क्लव स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
आयोजक छार वाका राहा युवा क्लवका अध्यक्ष पदम बहादुर तामाङले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन भएको ११ औं वाका कप फुटबल प्रतियोगिताको आज पहिलो दिन ३ वटा खेलहरु सम्पन्न भएका छन् ।
२६ टिमले सहभागिता जनाउने यस प्रतियोगिताको पहिलो दिनको खेलमा छार वाका राहा युवा क्लब (टिम B), पहारे चौतारा युवा क्लब र डब्जोङ संरक्षण क्षेत्र युवा क्लबले विजय सुरुवात गरेका हुन् ।
यस्तो छ आजको नतिजा
पहिलो खेल :
चौतारा युवा समाज(Tim B) =0
छार वाका राहा युवा क्लब (टिम B)= 2 गोल
दोस्रो खेल:
पहारे चौतारा युवा क्लब =1 गोल
न्यु बेङ् रुङ युवा क्ल्ब(टिम B)=0
तेस्रो खेल:
भोक्टेनी युवा क्लब =2 गोल
डब्जोङ संरक्षण क्षेत्र युवा क्लब (टिम A)=4 गोल
प्रतियोगिताको प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।