सिद्धलेक सम्म मिनी माराथन प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २७, २०७७

धादिङ फागुन २७ । धादिङको नलाङ स्थित ठाँटीभञ्ज्याङ देखि सिद्धलेक सम्म मिनी माराथन प्रतियोगिता सम्पन्न भएको छ ।

चक्रदेवी सामुदायिक समाज, द यिअर्ली ट्रष्ट, नलाङ मोडेल एकेडेमीको संयुक्त आयोजनामा उक्त मिनी माराथन प्रतियोगिता २०७७ सम्पन्न भएको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, धार्मिक एवम पर्यटकिय क्षेत्र विकास र प्रवद्र्धनमा खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगितामा खुल्ला पुरुष तर्फ ८७ जना, खुल्ला महिला तर्फ ३५ जना, १५ वर्ष मुनीका छात्र ४५ जना र १५ वर्ष मुनीका छात्रामा २८ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा पुरुष तर्फ शिव सिलवाल सिद्धलेक १ पिपल नलाङ प्रथम, कुमार तामाङ, नुवाकोट दितिय, प्रकाश श्रेष्ठ नीलकण्ठ ९ तृतिय, राम घले सिद्धलेक ३ सान्तोना भए ।

महिला तर्फ सुमित्रा सुर्खेती सिद्धलेक २ प्रथम, शान्ती गिरि सिद्धलेक २ दितिय, रोजिना बराम, नीलकण्ठ ५ तृतिय र संगीता सिलवाल सिद्धलेक २ सान्तोना भएका थिए ।

यस्तै १५ वर्ष मुनीका छात्रमा सुजन परियार सिद्धलेक २ प्रथम, भुपेश थापा सिद्धलेक ३ दितिय, राजु कोइराला सिद्धलेक २ तृतिय र मनिस बराम सिद्धलेक २ सान्तोना भए ।

१५ वर्ष मुनीका छात्रामा अमृता श्रेष्ठ, सिद्धलेक ३ प्रथम, एन्जुला थापा मगर सिद्धलेक २ दितिय, रमिला बराम सिद्धलेक २ तृतिय र रोजिना श्रेष्ठ सान्तोना भए ।