ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने निर्णय

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७७

काठमाडौं फागुन २५ । निर्वाचन आयोगले नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।

आयोगको बैठकले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ ।

यस्तै सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण आयोगसमक्ष पेश गर्न समेत आयोगले आव्हान गरेको छ ।