धादिङ फागुन २२ । धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेमा शुक्रबारबाट अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबारको खेलमा गजुरी र नेत्रावती डब्जोङ गाउँपालिकाले विजय सुरुवात गरेका छन् भने खनियाबास र थाक्रे पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
जिल्ला समन्वय समिति धादिङको आयोजना र स्थानीय बुद्धभुमी युवा समाजको व्यवस्थापनमा सुरुभएको यस प्रतियोगिताको दोस्रो दिन आज ४ वटा खेल हुनेछ ।
यस्तो छ आज फागुन २२ गतेको खेल तालिका
- धुनीबेसी नगरपालिका Vs त्रिपुरासुन्दरी गाउँपाकिला (बिहान ८ बजे)
- रुबीभ्याली गाउँपाकिला Vs नीलकण्ठ नगरपालिका (बिहान ११ बजे)
- ज्वालामुखी गाउँपालिका Vs गल्छी गाउँपालिका (दिउँसो १ बजे)
- धादिङमा समन्वय कप फुटबल जारी, गजुरी र नेत्रावती डब्जाेङकाे विजय सुरुवात
- धादिङमा खेल मैदान समेत नभएको क्लवले प्रदेश जित्यो –राखेप सदस्य सचिव सिलवाल
- धादिङमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता (खेल तालिका समेत)
जिल्लाको गंगाजमुना गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहले भाग लिएको यस प्रतियोगिताको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।