अनि हेरम अपराधीहरू कति सम्म भुक्दो रहेछ

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७७

सम्झना वर्षौ भरिका हुँदो रहेछ
मर्ने आ–आफ्नै तरिका हुँदो रहेछ ।
मर्ने त मरि जान्छन् दुनियाँबाट
पिडम्बाना त्यो बाँच्नेलाई हुँदोरहेछ ।

उस्कै सम्झनामा कति मन छुँदो रहेछ
बाहिर मौनतै छ तर भित्र रुँदो रहेछ ।
परिराछन् उत्पिडितहरु अन्यायको भुमरीमा
न्याय दिने न्यायलय पक्षपाती हुँदो रहेछ ।

पिल्सिराछन् पिडाहरु समय नि छुड्दो रहेछ
अन्यायको चक्रव्युह गरिबी मै गुड्दो रहेछ ।
अपराधी कानुन माथि डलरको खोपडीमा
सर्वसाधारण बिना गल्ति कठघरामा झुक्दो रहेछ ।

नेपाल आमा तिम्रो नयनमा अपराधी लुक्दो रहेछ
अनायासै निर्दोषी त्यो तिम्रो पाउमा चुक्दो रहेछ ।
दोषीलाई हदैसम्मको कानुनि कार्बाही गर सरकार
अनि हेरम अपराधीहरू कति सम्म भुक्दो रहेछ ।।

माेहन खत्री ‘रसिक’
त्रिपुरासुन्दरी गाउँपालीका -६,धादिङ