सरकार र विप्लव नेकपा बीच पहिलो चरणको वार्ता सकियो

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७७

काठमाडौं फागुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पहिलो चरणको वार्ता सकिएको छ ।

बुधबार बिहान भएको पहिलो चरणको वार्ता थप आन्तरिक परामर्शपछि पुनः बस्ने गरी सकिएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताउनु भयो ।