श्रीलङ्काको कारागारमा २६ जना नेपाली महिला

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १४, २०७७

फागुन १४ । विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बताएको बीबीसीले जनाएको छ ।

ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए ।

उनले भने, “हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ । अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ ।”