धादिङ फागुन १२ । धादिङका युवा व्यवसायी एवम् खेलप्रेेेमी ईश्वर सिलवालले बुधबार सम्पन्न भएकाे बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियाेगितामा धादिङ टिमलाई प्रती गाेल १० हजार प्रदान गर्नु भएकाे छ । मकवानपुर सग प्रतिस्पर्धा गरेकाे धादिङले फाईनल पुग्न ३ गाेल गरेकाे थियाे । ३ गाेल बराबरकाे ३० हजार रुपैया सिलवालले जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा, उपाध्यक्ष रमेश अधिकारी र महासचिव रामहरि थापाकाे हातबाट हस्तान्तरण गर्नु भएकाे हाे । मैले खेलाडीलाई खेलपुर्व नै प्रती गाेल १० हजार दिने घाेषणा गरेकाे थिए । खाेलाडीकाे मनाेवल बढाेस्, थप उत्साह मिलाेस र गेम धादिङको पक्षमा बनाेस् भन्ने अभिप्रायले प्रतिगाेल १० हजार घाेषणा गरिएकाे रकम खेल मैदान मै हस्तान्तरण गरेकाे सिलवालले धादिङपाेष्टलाई बताउनु भयाे ।१०-१० हजार पाउने धादिङ टिमका गाेलकर्ता सुरज गुरुङ, विपिन कडेल र श्रीकृष्ण श्रेष्ठ रहे ।