आशाको आकाश (लघुकथा)

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ११, २०७७

ऊ गाउँमा सबभन्दा छट्टु स्वभावको थियो । ऊ गाउँको नेता बन्यो । चुनाव जित्यो । अध्यक्ष बन्यो । जिल्लाको नेता बन्यो चुनावमा एउटा पार्टीको टिकट पायो । बहुमतले बिजयी भयो । प्रतिनिधि सभा सदस्य बन्यो । पार्टीमा राम्रै पहुँच थियो राम्रै मन्त्रालयको मन्त्री बन्यो ।

महल बनाएको छ, अचेल राजधानीको मुटुमा गगनचुम्बी । मोजमस्तिमा बितेका छन्, उसका दिनहरु । कारको यात्रा भोगको मात्रा छानीछानी रोजेको पाउँछ । कानुन उसका हातमा छ तोड्दै, मिच्दै, कुल्चिदै ऊ अगाडि बड्छ । ऊ फेरि सांसद र मन्त्री बन्यो ।

उसका अनुयायीहरु जीवन्त पूजा गर्छ्न उसको । मर्न र मार्न तयार हुन्छ्न् । उसलाई विलासिताको मातले उनमत्त बनाएको छ । किन थाहा छ ?? उसले गाउँको एउटा सभामा भाषण गर्दै भनेको थियो, तिमीहरु मलाई भोट देऊ, मलाई जिताऊ, म यो गाउँको आकाशमा हवाईजहाज उडाउँछु ।

हवाई जहाज उडेको छ । हरेकपल्ट मुर्ख गाउँलेहरु उसैलाई भोट दिन्छ्न आकाशको हवाई जहाज हेर्दै ।

रमेश चटौत
शिक्षक: राइजिङ स्टार ई बो स्कुल
बेनिघाट रोराङ ७ चरौँदी धादिङ