नेपाल शिक्षक संघ खनियावासको बनभोज

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ८, २०७७

धादिङ फागुन ८ । नेपाल शिक्षक संघ खनियावास गाउँपालिका तेस्रो स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्यता, उपाध्यक्ष योमाया तामाङको विशिष्ट अतिथि, गाउँपालिकामा कार्यरत नेपाल शिक्षक संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघले वर्षभरी गरिएका कार्यहरूको विवरण अर्थ सचिव वर्षाराम तामाङले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षाको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकोले सकृयता साथ लाग्न सम्पूर्णमा अनुरोध गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ खनियावास गाउँपाकिला अध्यक्ष धन बहादुर तामाङको अध्यक्षतामा भएको थियो