सेकेमानद्वारा बच्छाला माविलाई विद्युतीय हाजिरी मेशिन प्रदान

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १, २०७७

सन्दिप स्याम्जेन तामाङ,
धादिङ फागुन १ ।
जनयुद्ध दिवसको अवसरमा नेकपा धादिङका जिल्ला कमिटी सदस्य सेकेमान तामाङले बच्छाला माविलाई विद्युतीय हाजिरी मेशिन प्रदान गर्नुभएको छ ।

उत्तरी धादिङ स्थित खनियाबास गाउँपालिका ५ सत्यदेविमा रहेको बच्छाला देवि माविलाई सेकेमानले आज विद्युतीय हाजिरी मेसिन प्रदान गर्नुभएको हो ।