आधारभुत फुटबल रेफ्री तालिम (CAT4) हुनेबारे सूचना

Avatar photo
Dhadingpost
शनिबार, पुस १८, २०७७

उपरोक्त सम्बन्धमा यस चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २, धादिङ (नलाङ ५) र धादिङ जिल्ला फुटवल संघको संयुक्त आयोजनामा र जिल्ला खेलकुद विकास समिति धादिङको सहजिकरणमा र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा ग्रामिण स्तरका युवाहरु र विद्यालय स्तरका फुटबल खेल क्षेत्रमा लाग्नु भएका युवाहरुको क्षमता अभिबृद्धि गर्न र फुटबल खेलकुदलाई मर्यादित बनाउन र फुटबल रेफ्री तालिम संचालन संचालन एक हप्ताको लागि आधारभुत फुटबल रेफ्री तालिम (CAT4) संचालन गर्न गईरहकेको हुदाँ इच्छुक व्यक्तित्वहरुले समयमा नै फारम भरि आफ्नो सिट सुरक्षित गर्नुहुन यो सुचना प्रशारित गरिन्छ ।

सम्पर्कः
नलाङ मोडेल एकेडेमी सिद्धलेक २ नलाङ ५ धादिङ
९८४१७६१७३७
९८५१२१९०१८
९८०८१४२०४४
९८०२३४५२५१५
संभावित तालिम हुने मिति र समयः २०७७ फाल्गुण १० बाट ।
स्थानः नलाङ मोडेल एकेडेमी सिद्धलेक २ (नलाङ ५) धादिङ ।

तालिमका आधारभूत पक्षहरुः

पहिला आउनेले पहिलो प्राथमिकता
सम्पुर्ण शैक्षिक सामाग्रीहरु, स्पोर्ट टि सर्ट, ट्रयाक सुट, सिठ्ठी, कोन, फुटबल, लाईसेनिङ सामाग्री, खाना, आवास, यतायात आदि ।

दुबै समुह महिला र पुरुष समुह ।
एस. एल. सि. वा एस. ई.ई. पास हुनु पर्ने ।