
धादिङ कार्तिक २४ । दश महिनाकी बालिका सियोना श्रेष्ठको उपचार खर्च २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने भए सँगै विश्वभर अहिले सियोना बचाउ अभियान सुरु भएको छ ।
नवलपरासीको रामग्राम २ घर भएका डा। सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना संसारमा विरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त छिन् ।
यो रोगको उपचार नेपालमा संभव नहुने र अमेरिका लैजानु पर्ने भए सँगै बेनीघाट रोराङ स्थित बेनीघाटमा रहेको कारु मेमोरियल ट्रष्टले सियोना बचाउ अभियान संचालन गरेको थियो ।

यो अभियानका क्रममा ट्रष्टले ८० हजार १३१ रुपैयाँ संकलन गरि सियोनाको खातामा जम्मा गरिदिएको छ । यो आर्थिक संकलन अभियानमा डेन्मार्कमा रहनु् हुने बेनिघाट निवासी दिपक सिलवाल मार्फत ३६ हजार ५३५ सहयोग प्राप्त भएको थियो ।