धादिङबेसीमा सुरक्षाकर्मीद्वारा फुलपाती पुजा

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ७, २०७७

धादिङबेसी कार्तिक ७ । धादिङबेसीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिर फुलपाती भित्राइए पुजाआजा गरेको छ ।

कोभिड १९ को महामारिका कारण गत वर्ष जस्तो जन सहभागितामा फुलपातीको डोली नभित्र्याईए पनि सुरक्षाकर्मीहरुले रितपुर्वक देविको मन्दिरमा फुलपाती भित्र्याएका थिए ।

सुनौलाबजार स्थित भैरवी मन्दिरबाट फुलपाती ल्याएर जिल्ला प्रशासन कार्यलयमा ल्याईने चलन भएता पनि यो वर्ष भने धादिङबेसी नजिकै नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा फुलपाती फुलपाती भित्र्याइएको थियो ।

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।