धादिङ कार्तिक ४ । जिल्ला स्वास्थ्य कार्यालय धादिङ मार्फत पीसीआर परिक्षण किट प्रदान भए सँगै स्थानीय तह र जिल्ला अस्पतालमा कोरोना परिक्षणका लागि स्वाब संकलन हुँदै आएकोमा अब धादिङका नागरिक आफैले पैसा तिरेर पीसीआर परिक्षण गराउन काठमाडौं जानु पर्ने भएको छ ।
धादिङमा केहि दिन देखि कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भए सँगै पीसीआर परिक्षण गराउनेको संख्या बृद्धि भै रहेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै जिल्ला स्वास्थ्य कार्यालयले मातहतका निकायमा किट पठाउन रोके सँगै पीसीआर परिक्षण गराउन धादिङका स्थानीयहरु काठमाडौं जानु पर्ने भएको छ ।
पैसा नै तिरेर परिक्षण गर्न चाहे पनि धादिङका निजी अस्पतालहरु र ल्यावहरुले पीसीआर परिक्षणका लागि स्वाब संकलन गराउने गरेका छैनन् तसर्थ धादिङका नागरिक पीसीआरको लागि काठमाडौं जानु पर्ने वाध्यता पैदा भएको हो
जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाका अनुसार किट प्रदान गर्ने निकाय स्वास्थ्य कार्यालय नै हो जिल्ला अस्पतालमा किट हुँदैन । अस्पतालमा भर्ना भएका केशहरुमा पीसीआर परिक्षण लागि स्वाब संकलन गर्नु पर्ने भयो भने स्वास्थ्य कार्यालय सँग किट माग गरिने र किट उपलब्ध भयो भने स्वाब संकलन गराईने बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुुवन पौडेललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन तर कार्यालयका एक कर्मचारीका अनुसार स्वास्थ्य कार्यालय सँग किटको अभाव छ । तर पीसीआर परिक्षण नागरिक आफैने गर्ने भएपछि स्वास्थ्य कार्यालय सँग सरोकार भएन ।
नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजाल पनि अब स्थानीय तहमा कोरोना परिक्षण स्वाब संकलन नहुने बताउनु हुन्छ । सरकारले नागरिक आफैले पैसा तिरेर पीसीआर परिक्षण गर्न भनि सकेको छ । त्यसैले अब स्थानीय तहमा परिक्षण हुँदैन कहाँ गएर परिक्षण गर्ने नागरिक आफैले छनौट गर्नु पर्ने बताउनु भयो ।