सल्यानटारमा ६५ जना काँग्रेस कार्यकर्ता नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १, २०७७

धादिङ कार्तिक १ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका २ स्थित सल्याटार सितलबजारमा एक कार्यक्रममा बीच ६५ जना नेपाली काँग्रेसका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

नव प्रवेसीहरुलाई बागमती प्रदेश सरकारका आन्तिरक मामिला तथा कानुन मन्त्री एवम् नेकपा धादिङका इन्चार्ज शालिकराम जम्कट्टेल, संघीय सांसद एवम् नेकपा धादिङका सह इन्चार्ज खेम लोहनी र प्रदेश सांसद जगत सिंखडाले टिका र खादा लगाई दिनु भएको थियो ।

नेकपा त्रीपुरासुन्दरी २ ले आयोजना गरेको उक्त पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री जम्कट्टेलले नेकपा सरकारले सुरु गरेको विकास निमार्णले छलाङ मारेको दावी गर्नु भएको छ ।

कार्यक्रममा कार्यकर्ताहरुलाई सकारात्मक बन्न आग्रह गर्दै मन्त्री जम्कट्टेलले विकासले फड्को मारि सकेको छ, ठुला आयोजनाहरु अगाडी बढी सकेको छ बुढी गण्डकी जलविद्युत आयोजनाको कामले पनि निरन्तरता पाउने बताउनु भएको थियो ।

यस्तै संघीय सांसद लोहनीले शुभकामना मन्तव्य राख्दै कोरोनाले विकास निमार्णलाई डिस्टव गर्यो, अव कोरोना सँग लुकेर हैन डटेर सामना गदै विकास निमार्णलाई निरन्तरता दिने बताउनु भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद सिंखडाले जनताको भवना अनुसार नेकपा अगाडी बढेको दावी गर्दै विकासका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको थियो । आफु कुनै पनि अवजस नआउने गरी स्वार्थ रहित ढंगबाट काम गर्दै आएको दावी गर्दै सांसद सिंखडाले सल्यानटारमा एकघर एक धारा आफ्नै कार्यकालमा ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनु भएको थियो ।