धादिङमा स्मारकमा पुष्प गुच्छा अर्पण प्रहरी दिवस मनाईयो

Avatar photo
Dhadingpost
अशोज ३०, २०७७

धादिङबेसी असोज ३० । धादिङबेसी स्थित जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा रहेको वीर अमर प्रहरीहरुको स्मारकमा पुष्प गुच्छा अर्पण गर्दै “६५ औं प्रहरी दिवस २०७७” मनाईएको छ ।

प्रहरी दिवसको अवसरमा बिहिबार कार्यलय परिषरमा बृक्षारोपण गरेको प्रहरीले शुक्रबार वीर अमर प्रहरीहरुको स्मारकमा पुष्प गुच्छा अर्पण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्री पुण्यविक्रम पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार भएको उक्त पुष्प गुच्छा अर्पणमा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल‚ जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का‚ राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धादिङका उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला‚ नेपाली सेना देवीदत्त गण सुरक्षा गुल्म धादिङवेसीका गुल्मपति सेनानि धिरज थापा लगायतको आतिथ्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।