
धादिङ असोज २७ । धादिङको साविक जीवनपुर गाविस वडा नम्बर ८ हाल धुनेवेशी नगरपालिका वडा नम्बर ५ घर भएका पन्चम अकौलिया चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले बैंकिङ कसुर मुद्दामा फरार रहेका अकौलिया पक्राउ गरेको हो ।
अकौलियाले मनोज शाहलाई पैसा नभएको १७ लाख रुपैयाँको चेक दिए थिए । पीडित शाहले जाहेरी दिएपछि उनलाई उच्च अदालत पाटनले १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना हुने ठहर गरे सँगै उनी फरार थिए ।
फरार रहेका उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २३ बाट पक्राउ गरेको हो ।
