
धादिङ असोज २७ । धादिङका प्रदेश सांसद डाक्टर रामकुमार अधिकारीलाई कोरोना पोजिटेभ देखिएको छ ।
स्वास्थ्य सुरक्षामा अत्यन्त सावधानी अपनाउँदै आएको दावी गर्नुहुने सांसाद अधिकारीले सोमबार आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनु भएको हो ।
केही दिन देखि ज्वरो आउने, ज्यान दुख्ने, टाउको लगातार दुख्ने समस्या र मुख्य गरी घाँटी दुख्ने र स्वर सुक्ने समस्याले ग्रस्त बन्नु भएका सांसद अधिकारी भोईस रेस्ट हुनुहुन्थ्यो ।
सुरुमा कोरोनाको corona टेस्ट गर्दा नेगेटिभ देखिए पनि पछि फेरि चेकजाँच गर्दा पोजेटिभ देखिए सँगै उहाँले आफु नजिक रहेर काम गर्नु हुने सबैलाई सजग रहन, खोकी लाग्ने, ज्वोरो आउने, ज्यान दुख्ने आदी भएमा तुरुन्त स्वास्थ्य संस्थामा गइ जाँच गराउन आग्रह गर्नुभएको छ ।
सांसद अधिकारी पार्टी प्रवेस गराउने अधिकाँस कार्यक्रममा पुग्ने नेकपा नेता मध्य एक हुनुहुन्थ्यो ।