धादिङमा कोरोना संक्रमितको संख्या ६२७ पुग्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज २६, २०७७

धादिङ असोज २६ । धादिङमा कोरोना संक्रमितको संख्या ६२७ जना पुगेको छ । जसमा ९ जना आज (सोमबार) थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार संक्रमित मध्य नीलकण्ठ नगरपालिका ३ धादिङबेसकिा एक २२ वर्षिय युवकको मृत्यु भएको छ भने ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । आज नेत्राती गाउँपालिकामा मात्रै ७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने गंगाजमुना र थाक्रे गाउँपालिकामा १-१ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

धादिङमा हाल सम्म कोरोना संक्रमित ६२७ मध्य ७ जनाको र्मयस भएको छ भने ३८३ जना निको भएर घर फर्कि सकेका छन् ।