थाक्रेको सिम्लेमा बसमा आगलागी

Avatar photo
Dhadingpost
सोमवार, अशोज २६, २०७७

धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा हेटौंडाबाट काठमाडौ आउँदै गरेको बसमा आगलागी हुँदा बस पूर्ण क्षेति भएको छ ।

सोमबार बिहान अन्दाजी ३ बजे ना ५ ख ६९० नम्बरको बसमा ब्याट्री पड्किएर आगलागी भएको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई बताउनु भयो । धुनीबेशी नगरपालिकाको दमकल र कर्मचारी र प्रहरीको सहयोगमा ४ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

काभ्रे पांचखाल ८ निवासी ४७ वर्षिय चालक गोबिन्द थापाअनुसार उक्त बसमा १७ जना थिए आगलागीबाट मानविय क्षेति भने भएको छैन । अहिले उक्त बस सडकबाट क्रेनले तानेर साइड लगाई यातायात सुचारु गरिएको छ ।