
धादिङ असोज २४ । धादिङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङ जनाएको छ ।
कोरोना पोजेटिभ नीलकण्ठ ९ का ३१ वर्षिय पुरुषको मृत्यु भएको हो । ति पुरुष जन्डिरका रोगी थिए । यो सँगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
यस अघि मृत्यु हुने कोरोना संक्रमितमा शुक्रबार बेनिघाट रोराङ गाउँपालिक चारौंदीका ४५ वर्षिय पुरुष र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ को ८७ बर्षिय महिला, त्रिपुरासुन्दरी गाउँपालिकामा एक ३२ वर्षिय महिला, नीलकण्ठ नगरपालिका १४ धुवाँकोटमा ३२ वर्षिय एक पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिएक एक पुरुष छन्
