कोरोना

Avatar photo
Dhadingpost
शनिबार, अशोज २४, २०७७

दिनभर सबै बन्द हुन्छ अधेरी रातमा सर्दैन र कोरोना
सँधै पिडामा दुःखी गरिव हुन्छन्, ठुलो जातमा सर्दैन र कोरोना ।

रोजगारी देऊ सबै जनतालाई सरकार,
पेटपाल्न सडक रोज्छन्, फुटपाथमा सर्दैन र कोरोना ।

बिहान बेलुका छाक टार्न मुस्किल भयो, अब
किन बन्दैन दबाई अनि मर्दैन र कोरोना ।

मठ मन्दिर, शैक्षिक संस्था, कार्यालय सबै बन्द
विश्वव्यापी रुप लियो अब अन्त्य हुनु पर्दैन र कोरोना ।

रितु थापा
थाक्रे गाउँपालिका धादिङ