
धादिङ असोज २४ । पृथ्वीराजमार्ग स्थित थाक्रेको ९ किलोमा ट्रिफर र बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भर्ने एक जना गम्भीर घाईते भएका छन् ।
थाक्रे प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले दिनु भएको जानकारी अनुसार शनिबार बिहान अन्दाजी ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रिफर चालक ललितपुर महानगर पालिका २९ हरिसिद्दी निवासी ३५ वर्षिय कृष्ण लामाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा पनि घाईते हुने मकवानपुर जिल्ला कैलास गाउँपालिका ५ का २२ वर्षिय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।
काठमाडौबाट मलेखु तर्फ आउँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रीफरले रौतहटबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बसलाई ठक्कर दिँदा ट्रीफर सडकबाट ५० मिटर तल महेश खोलामा खस्दा खसेको थियो । मृतक ट्रिफर चालक हुनुहुन्छ भने घाईते पनि ट्रिफर मै बसेर आएका थिए ।