
धादिङ असोज २३ । धादिङको धुनीबेसी नगरपालिका ७ कालापानी खोलामा बेवारिसे शव फेला परेको छ ।
शुक्रबार दिउँसो ४ बजेतिर अन्दाजी ५०/५५ वर्षको पुरुषको बेवारिसे शव फेला परेको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले बताउनु भयो ।
ईलाका प्रहरी कार्यलय खानिखोलाबाट गएको प्रहरी टोलीले उक्त शवलाई घटना स्थलबाट जनप्रतिनिधि र स्थानीयहरुको रहोवरमा मुचुल्का उठाई पोस्टमार्टमको लागि गजुरी पठाउने तयारी गरेको छ ।
