धादिङ निवासी कला गिरीको दुबै मृगौला फेल, उपचारका लागि आर्थिक सहयोगको अपिल

Avatar photo
Dhadingpost
बुधबार, अशोज २१, २०७७

धादिङ असोज २१ । धादिङको धुनीबेसी नगरपालिका १ निवासी कला गिरीको दुबै मृगौला फेल भए पछि आर्थिक अवस्था कमजोर हुनु भएको उहाँको श्रीमान राजकुमार गिरी आर्थिक सहयोगको लागि अपिल गर्नु भएको छ । ३६ वर्षिय कला गिरीको दुबै मिर्गौलाले काम गर्दैन् ।

बिरामी गिरीका श्रीमान राजुकमारका अनुसार मासिक ६० हजार रुपैयाँ उपचारमा खर्च भैरहेको छ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा दुई महिना राखेर उपचार गर्दा साँढे दुई लाख, मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा एक महिना राखेर उपचार गर्दा करिब एक लाख र तीन वर्षको यो अवधिमा २५ लाख खर्च भै सक्यो ।

आफूले जग्गा बेचेरपनि कलाको उपचार गरेको र अहिले नसक्ने अवस्था आएकोले आर्थिक सहयोगको अपिल गरेको राजकुमार बताउनु हुन्छ ।

गिरीको उपचारमा सहयोग गर्नको लगि मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ०४०२१०००३५६३०६०००००१ को खातामा जम्मा गर्न सकिने भने थप जानकारी लिन कलाका श्रीमान राजकुमार गिरीको मोवाईल नम्बर स् ९८४१–०३६३२९ फोन गर्न सकिने छ ।