लामस्थानमा १०१ वर्षिय धनमायाँ सहित १ सय ७५ जना नेपाली काँग्रेसमा प्रवेश

Avatar photo
Dhadingpost
बुधबार, अशोज २१, २०७७

धादिङ असोज २१ । नीलकण्ठ नगरपालिका वडा नम्बर ११ लामस्थानबाट एक सय एक वर्षिय धनमायाँ गुरुङ सहित १७५ जना नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

मंगलबार लामस्थानमा भएको काँग्रेसको पार्टी प्रवेस कार्यक्रममा लामस्थानको माथिल्लो गुरुङ गाँउ,लामस्थानको तल्लो गुरुङ गाउँ,मगरटोल,च्यानेटोल र पात्लेगाउँबाट एक सय एक वर्षिय धनमायाँ गुरुङ, मोहन बहादुर गुरुङ, भिमसेन गुरुङ लगायत १७५ जना नेकपा कार्यकर्ताहरु काँग्रस प्रवेस गरेको नेपाली काँग्रेस धादिङले जनाएको छ ।

उक्त पार्टी प्रवेस कार्यक्रममा नेपाली काँग्रेसका सभापति रमेश धमला, पुर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, महासमिति सदस्य कविता ईटनी, नीलकण्ठ नगरपालिकाका नगर सभापति शम्भुसिंह ठकुरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।