
धादिङ असोज १८ । धादिङको बेनीघाट रोराङका क्लिन बिशालटार अभियान सुरुभएको छ ।
विशालज्योती युवा क्लबले Green Bishaltar Clean Bishaltar भन्ने अभियान सन्चालनमा ल्याएको हो ।
सडक कार्यालय गजुरीलाई धेरै पटक ताकेता गरेपनी नाली खुलाउने सुरसार नगरेपछी क्लबले शनिबार देखि क्लिन बिशालटार अभियान सुगरेको हो ।
क्लवले बिशालटार बजार भित्र सडक छेउको पुरिएर बसेको नालाहरु सफा गर्ने काम थालेको छ । यो कामको लागि लाग्ने खर्चको विषयमा गाउँपालिका संग कुराकानी भइरहेको र गाउँपालिकाबाट पनि आवश्यक सहयोग भइरहेको कार्यक्रम संयोजक एवम् विशालज्योति युवा क्लबका सचिब सुदिप गौलीले बताउनु भयो ।
पहिलो चरणमा बिशालटार बजार भित्र करिब २ किलोमिटर नाली सफा गरि दोस्रो चरणमा घरबाट निस्कने फोहोरको ब्यवस्थापन गरिने क्लब का अध्यक्ष बिसुराल बताउनु हुन्छ ।
तेस्रो चरणको कार्यक्रममा क्लबले सडकबाट १५ मिटर कटाएर रुख बिरुवा रोप्ने योजना राखेको छ ।
यस् अघि पनि क्लबले विभिन्न समयमा सर-सफाइ कार्यक्रमहरु गदै आएको थियो । covid-19 महामारीको विषयमा विभिन्न सचेतना मुलक कार्यक्रम पनि क्लवले जारी राखेको जनाएको छ ।