सूर्य थापालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
शनिबार, अशोज १७, २०७७

काठमाडौं असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । थापाले आफु कोरोना संक्रमित भएकोले संपर्कमा रहेकाहरुलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो ।