धादिङबेसीमा प्रभातफेरी र साईकलिङ गर्दै विश्व मुटु दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १३, २०७७

धादिङ असोज ११ । धादिङबेसीमा प्रभात फेरी र साईकलिङ यात्रा गर्दै विश्व मुटु दिवस मनाईएको छ ।

नियमित स्वास्थ्य जाँच गराऔं, मुटुलाई सँधैं स्वस्थ राखौं भन्ने नाराका साथ नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको आयोजनामा प्रभातफेरी गर्दै विश्व मुटु दिवस मनाईएको हो ।

धादिङबेसी पुछारबजारबाट शुरुभएको प्रभातफेरी धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल र नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा रहेका विरामीहरुलाई स्वास्थ्य सामाग्री र फलफुल वितरण गर्दै समापन भएको थियो ।

यस्तै साइकल ग्रुप धादिङले पनि विश्व मुटु दिवसको अवसरमा सचेतना र्‍याली सम्पनन गरेको छ । २५ जना साइकल यात्री सवार र्‍यालीले सदरमुकाम धादिङबेसीको परिक्रमा गरेको थियो ।