
धादिङ असोज १२ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका सचिव जगदिश खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटका पत्रकार शिव देवकोटामाथि सांघातिक आक्रमणमा संलग्न भएको आशंकामा खनाललाई आईतबार पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको हो ।
‘ज्यान मार्ने उद्योगअन्तर्गत तीन जना पत्रकारविरूद्ध जाहेरी परेकोमा एक जना पक्राउ गरियो, अरूलाई खोज्दै छौं।’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनु भयो ।

पत्रकार देवकोटालाई सचिव खनाल, पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ ।