बामदेवको कारण मन्त्रिमण्डल पूनर्गठन रोकियो

Avatar photo
Dhadingpost
सोमवार, अशोज १२, २०७७

काठमाडौं असोज १२ । सरकारले मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारीमा भैरहँदा केहि दिन रोकिने भएको छ ।

बामदेव गौतमको मुद्धाका कारण केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले मन्त्रिमण्डल पूनर्गठन केही दिन पर्खने निष्कर्ष निकालेको हो ।

अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौतमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ । इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् ।